Kathmandu Press

थपिए २९९ कोरोना संक्रमित, निको हुने २६० जना, ६ को मृत्यु 

काठमाडौं, मंसिर २ : पछिल्लो २४ घन्टामा देशभरिमा २९९ जना कोरोना संक्रमित थपिएका छन्।७,८६३ जनामा गरिएको पिसिआर परीक्षणबाट २७२ र ३,२८८ जनामा गरिएको एन्टिजेन...
थपिए २९९ कोरोना संक्रमित, निको हुने २६० जना, ६ को मृत्यु 

काठमाडौं, मंसिर २ : पछिल्लो २४ घन्टामा देशभरिमा २९९ जना कोरोना संक्रमित थपिएका छन्।

७,८६३ जनामा गरिएको पिसिआर परीक्षणबाट २७२ र ३,२८८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९९,१७६ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४८९ पुगेको छ।

अहिले देशभरिमा ७,६४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ७,१६९ जना होम आइसोलेसनमा र ४७३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २२४ जनाको आईसियुमा उपचार भइरहँदा ६० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२० बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्