Kathmandu Press

बारले भन्यो : न्यायको मन्दिरलाई युद्ध मैदान बनाउन पाइँदैन

काठमाडौं, मंसिर २ : नेपाल बार एसोसिएसनले न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने बनाइएको भन्दै आपत्ति जनाएको छ।आज बारले आकस्मिक पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालत...
बारले भन्यो : न्यायको मन्दिरलाई युद्ध मैदान बनाउन पाइँदैन

काठमाडौं, मंसिर २ : नेपाल बार एसोसिएसनले न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने बनाइएको भन्दै आपत्ति जनाएको छ।

आज बारले आकस्मिक पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालत परिसरमा हतियारसहितका प्रहरी राखेर अदालतलाई युद्धमैदान बनाउन खोजिएको बताएको हो।

‘आज पहिलो पटक दंगा प्रहरीका साथ एसएलआरजस्तो युद्धको बेलामा प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्यको हामी घोर भर्त्सना र निन्दा गर्दछौं,’ बार उपाध्यक्ष ईश्वरी भट्टराईले भने, ‘अदालत परिसरलाई युद्धमैदान बनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको हर्कतका कारण हामी स्तब्ध छौं।’

बारले भोलिदेखि नै सर्वोच्च परिसरबाट दंगा प्रहरी र हतियारधारी प्रहरी हटाउन सरकारलाई आग्रह गरेको छ। बारले सर्वोच्च परिसरमा हतियारधारी प्रहरी गराउनुको औचित्य पुष्टि गर्न पनि सर्वोच्च प्रशासनलाई आग्रह गरेको छ। अन्यथा साे विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिइएको छ।

अदालत परिसरमा भएको बल प्रयोगको अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थालाई आग्रह पनि गरेको छ।

बारले पत्रकार सम्मेलनमा जारी गरेकाे विज्ञप्तिमा कुनै पनि बहाना र सर्तमा प्रधानन्यायाधीशको राजीनामा नभई आफूहरुको आन्दोलन नरोकिने स्पष्ट पारिएको छ। 

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा जारी भनिएको छ, 'अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको यस्तो हर्कतले हामीलाई स्तब्ध बनाएको छ। अदालत युद्धमैदानमा परिणत भएको यो अवस्थामा न्यायप्रशासन र न्याय सम्पादन सुसञ्चालन गर्न सकिने कल्पना पनि गर्न सकिँदैन।'

 

प्रकाशित मिति: १६:०१ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्