Kathmandu Press

गणपति ज्वेलर्ससँग विवाह उत्सव, जीवनभरको सम्झना

काठमाडौं, मंसिर १ : विवाहको मौसमलाई लक्ष्य गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ।यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको...
गणपति ज्वेलर्ससँग विवाह उत्सव, जीवनभरको सम्झना

काठमाडौं, मंसिर १ : विवाहको मौसमलाई लक्ष्य गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ।

यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपती ज्वेलर्सले मिलाउनेछ।

विवाह उत्सव’ योजना यो मंसिरदेखि २ महिना चल्ने गणपती ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले जनाएका छन्। ‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्न हामी तमाम ग्राहक वर्गलाई शुभकामनासहितको आग्रह गर्दैछौं,’ बेगानीले भने, ‘गणपतिसँगको विवाह उत्सवले तपाईंलाई जीवनभरको मिठो सम्झना दिनेछ।’ 

काठमाडौं न्युरोड विशाल बजारको जनसेवासँगै रहेको गणपती ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ। गणपती ज्वेलर्सको यस्तो योजनाले नवविवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मिठा सम्झनाहरुको गहनाले पनि सजाउने  विश्वास बेगानीले व्यक्त गरेका छन्।

 ‘हाम्रो योजनाले आन्तरिक पर्यटन पनि प्रवद्र्धन हुने विश्वास गरेका छौं। हामी यस्तैयस्तै आकर्षक योजना आगामी दिनहरुमा पनि ल्याउने तयारीमा छौं,’ बेगानीले भने,  ‘हाम्रो उद्देश्य नै हाम्रा ग्राहकलाई गुणस्तरीय गरगहना उपलब्ध गराउने र उहाँहरुको जीवनलाई झकिझकाउ बनाउने, खुसी र आनन्ददायी बनाउने हो।’

प्रकाशित मिति: १५:०० बजे, बिहीबार, मंसिर २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्