Kathmandu Press

टोंगामा आम चुनाव

सुभा, मंसिर २ : टोंगामा बिहीबार निर्वाचन सम्पन्न भएको छ जसमा दक्षिण प्रशान्त टापु राष्ट्रका २०० मतदान केन्द्रहरूमा करिब ६० हजार योग्य टोंगनहरूले मतदान...
टोंगामा आम चुनाव

सुभा, मंसिर २ : टोंगामा बिहीबार निर्वाचन सम्पन्न भएको छ जसमा दक्षिण प्रशान्त टापु राष्ट्रका २०० मतदान केन्द्रहरूमा करिब ६० हजार योग्य टोंगनहरूले मतदान गरेका छन्।

टोंगाको समाचार वेबसाइट मातांगी टोंगा अनलाइनका अनुसार टोंगाको विधान सभामा जनप्रतिनिधिका लागि १७ स्थान र नोबल्स प्रतिनिधिका लागि नौ स्थानहरू रहेका छन्।

त्यसैगरी १७ जनप्रतिनिधिका लागि ७० भन्दा बढी उम्मेदवार रहेका छन् भने ३३ ठूला परिवारले आआफ्नो क्षेत्रबाट नौ जना प्रतिनिधि चयन गर्नेछन्।

टापु राष्ट्रका नागरीकहरूले बिहीबार दिउँसो तीन नयाँ प्रतिनिधिहरू निर्वाचित गरेका छन् र छ जना पदाधिकारीहरूलाई विधान सभामा फिर्ता गरेका छन्।

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, मंसिर २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्