Kathmandu Press

सुडानको राजधानीमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

खार्तुम, मंसिर २ : सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका छन्।उत्तरी खार्तूममा ठूलो...
सुडानको राजधानीमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

खार्तुम, मंसिर २ : सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका छन्।

उत्तरी खार्तूममा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ जहाँ प्रदर्शनकारीहरूले रातभरि विरोध प्रदर्शन जारी राखेका थिए।

Hardik ivf

गत महिना सेनाले कब्जामा लिएपछि कू विरोधी बुधबारको प्रदर्शनी सबैभन्दा घातक र आक्रामक देखिएको बताइएको छ।

चिकित्सकहरूले  जनाएअनुसार बुधबारको प्रदर्शनमा कम्तीमा १५ जना प्रदर्शनकारीको मृत्यु भएको  र तीमध्ये अधिकांश उत्तरी खार्तुममा थिए।

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्