Kathmandu Press

अदालतमा देखिएको समस्या चाँडै समाधान हुन्छ : नेपाल 

धनगढी, कात्तिक २ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या चाँडै समाधान हुने बताएका छन्।सर्वोच्चको विवाद चाँडै समाधान हुनुपर्नेमा...
अदालतमा देखिएको समस्या चाँडै समाधान हुन्छ : नेपाल 

धनगढी, कात्तिक २ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या चाँडै समाधान हुने बताएका छन्।

सर्वोच्चको विवाद चाँडै समाधान हुनुपर्नेमा पाँच दलीय गठबन्धन एकमत रहेको जानकारी दिँदै उनले साझा धारणा बनाएर सर्वोच्चमा देखापरेका समस्या समाधानका लागि पहल थाल्ने बताएका हुन्।

आज धनगढीमा पार्टी कार्यालय उद्घाटनका क्रममा सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्रीमन्त्री शेरबहादुर देउवाले सर्वोच्चको समस्या समाधानका लागि पहलकमदी लिनुपर्ने बताए। ‘प्रधानमन्त्रीले यसका निम्ति आफ्नै हैसियतले पहल गर्नुपर्छ,’ उनले भने। 

नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमबाट फहराएको एकीकृत समाजवादीको झण्डा मेचीसम्म पुग्ने बताए। आफू एमाले हुँदा पनि पहिलो पार्टी कार्यालय कञ्चनपुरमा स्थापना गरिएको स्मरण गर्दै उनले एकीकृत समाजवादीको कार्यालय सुदूरपश्चिमबाटै सुरु भएको जनाए।

उनले सुदूरपश्चिममा एकीकृत समाजवादी नम्बर १ पार्टी बनेर रहिरहने दाबी पनि गरे।

उनले अहिले प्रदेश पार्टी कार्यालय भाडाको घरमा सञ्चालन भइरहे पनि चाँडै जग्गा खरिद गरेर भवन निर्माण हुने उनको भनाइ थियो।

उनी बुधबार सुदूरपश्चिम आएका हुन्। आज उनी एकीकृत समाजवादीद्वारा धनगढीमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन्।

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्