Kathmandu Press

१ बजे फुलकोर्ट बस्दै, नियमावली संशोधनसम्बन्धी कार्यविधिबारे छलफल हुने

काठमाडौं, मंसिर २ : आज दिउँसो १ बजेका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज २ बजेका लागि...
१ बजे फुलकोर्ट बस्दै, नियमावली संशोधनसम्बन्धी कार्यविधिबारे छलफल हुने


काठमाडौं, मंसिर २ : आज दिउँसो १ बजेका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज २ बजेका लागि फुलकोर्ट बोलाएका थिए । त्यसलाई एक घन्टा अगाडि सारेर १ बजेका लागि फुलकोर्टब बोलाइएको छ।

बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने सर्वोच्च प्शासनले जनाएको छ। बुधबार सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरुको बैठकले फुलकोर्ट बोलाउने सहमति गरेको थियो। 

उनीहरूको बैठकमा  सर्वोच्च अदालत नियमावलीको नियम संशोधनका लागि सहमति जुटेको थियो। नियमावली संशोधनका लागि उनीहरूले कार्यविधि पनि तयार पारेका छन्।

कार्यविधिमा सबैले सहमति जनाइसकेकाले त्यसको अनुमोदनका लागि फुटकोर्ट बोलाउन निर्णय गरिएको जनाइएको छ। संशोधनका लागि सहमति जुटेको विष्यमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायतका विषय रहेका छन्।

बैठकमा सहमति जुटे गोलाप्रथामा पेसी तोक्न व्यवस्थापनका लागि नियमावली संशोधन भई राजपत्रमा प्रकाशन भएपछि गोला प्रक्रियाद्वारा अदालतको पेसी व्यवस्थापन सुरु हुनेछ।

न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गर्दै आएका छन्। नियमावली संशोधनसम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि मात्र इजलासमा फर्किने उनीहरूको भनाइ छ।

सर्वोच्च अदालतमा ७० वर्ष अघिदेखि पेसी व्यवस्थापनको अधिकार प्रधानन्यायाधीशमा रहँदै आएको छ।

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्