Kathmandu Press

सुनको मूल्यमा २०० रूपैयाँ वृद्धि, चाँदीको स्थिर

काठमाडौं, मंसिर २ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले बढेर रु. ९४ हजार ५०० कायम भएको छ।पहेँलो धातु बुधबार...
सुनको मूल्यमा २०० रूपैयाँ वृद्धि, चाँदीको स्थिर

काठमाडौं, मंसिर २ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले बढेर रु. ९४ हजार ५०० कायम भएको छ।

पहेँलो धातु बुधबार प्रतितोला रु. ९४ हजार ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९४ हजार तोकिएको छ। बुधबार प्रतितोला रु. ९३ हजार ८०० मा कारोबार भएको थियो।
    
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ। बुधबार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, मंसिर २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्