Kathmandu Press

रोल्पाका युवा व्यवसायी डाँगी छैटौँ पटक सम्मानीत

रोल्पाका युवा व्यवसायी डाँगी छैटौँ पटक सम्मानीत

रोल्पा, मंसिर २ : यहाँका एक युवा व्यवसायी लगातार छैटौँ पटक जिल्लाकै उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन्। रोल्पा नगरपालिका–४ का युवा व्यवसायी सागर विक्रम डाँगी जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा करदाता सेवा कार्यालय प्युठानबाट छैटौँ पटक सम्मानित भएका हुन्।

करदाता सेवा कार्यालय प्युठानले डाँगीलाई आर्थिक  वर्ष २०७६/०७७ मा रोल्पाकै सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रुपमा  सम्मान गरेसँगै उनी लगातार छैटौ पटक सम्मानित भएका हुन्। रोल्पा–४ स्थित शुभम ट्रेडर्सका प्रोपराइटर डाँगीले हार्डवयरका साथै निर्माण व्यवसायको समेत काम गरेका छन्। 

प्रोपाइटर डाँगी आर्थिक वर्ष २०७१/०७२ देखि लगातार जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा सम्मानित हुँदै आएका छन्। राज्यलाई जिल्लाबाटै सबैभन्दा बढी कर तिरेर सम्मानित भएकामा आफूलाई गर्व लागेको युवा व्यवसायी डाँगीले प्रतिक्रिया दिए । ‘राज्यलाई कर तिर्नु हरेक व्यवसायीले दायित्व भए पनि सबभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानीत हुनु मेरा लागि खुसीको कुरा हो,’ डाँगीले भने ।
 

प्रकाशित मिति: १०:०१ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्