Kathmandu Press

बक्सिङको सम्भावना राम्रो छ: प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर २ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताएका छन्।अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमलेभले बुधबार साँझ गरेको...
बक्सिङको सम्भावना राम्रो छ: प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर २ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमलेभले बुधबार साँझ गरेको भेटमा प्रधानमन्त्री देउवाले सम्भावना बोकेको खेल भएकाले स्तरोन्नतिका लागि सरकारको तर्फबाट सक्दो सहयोग गने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य पुष्पराज पन्तका अनुसार सङ्घको निमन्त्रणामा महासङ्घका अध्यक्ष उमरसहित छ सदस्यीय टोली नेपाल आएका छन्।

भेटका क्रममा महासङ्घका अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्नसक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उमरको टोली तीन दिनसम्म नेपालमा रहने छ। (रासस)

प्रकाशित मिति: ०७:४५ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्