यति टेक्निक फर्मद्वारा फोर्मा ट्याक्टर सार्वजनिक
काठमाडौं, मंसिर १ : यति टेक्निक फर्मले फोर्मा ट्याक्टर सार्वजनिक गरेको छ । बुधबार कार्यक्रम आयोजना गर्दै फोर्मा ट्याक्टर सार्वजनिक गरेको हो ।अर्थमन्त्री...
काठमाडौं, मंसिर १ : यति टेक्निक फर्मले फोर्मा ट्याक्टर सार्वजनिक गरेको छ । बुधबार कार्यक्रम आयोजना गर्दै फोर्मा ट्याक्टर सार्वजनिक गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माको मुख्य आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै कृषि, पर्यटन र जलविद्युत नै मुख्य आयस्रोत भएका कारण यस क्षेत्रमा सो कम्पनीले ठुलो सहयोग पुर्याएको उनी बताउँछन् ।
साथै उक्त कम्पनीलाई आवश्यक कर छुट सहित धेरै सुविधा समेत दिने प्रतिवद्दता जनाउँदै नेपालबाटै उत्पादनहरु निर्यात गर्न आग्रह समेत गरेका छन् । कृषि ग्रुपसँगको सहकार्यमा उत्पादनमा ल्याएको यी ट्याक्टर जम्मा सात प्रकारका छन् । उक्त ट्याक्टर पोखरा, धनगढी लगायत नेपालका कुल १० स्थनबाट बिक्री गरिनेछ भने ८० स्थानमा सर्भिस सेन्टर राखिएको छ ।
तराई मात्र नभइ पहाडी क्षेत्रमा प्रयोगका लागि समेत उपयोगी हुने कम्पनीले जनाएको छ । यसको सबैभन्दा आकर्षण फिचर स्मार्ट आइ सिस्टम रहेको कम्पनीले जनाएको छ ।









-1788524800.jpg)

