कांग्रेस नेपाली जनताको साथी हो : गृहमन्त्री खाण
काठमाडौं, मंसिर १ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले कांग्रेस कार्यकर्ताको पार्टी र नेपाली जनताको साथी भएको बताएका छन् ।नेपाल सरकारका गृहमन्त्री...
काठमाडौं, मंसिर १ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले कांग्रेस कार्यकर्ताको पार्टी र नेपाली जनताको साथी भएको बताएका छन् ।
नेपाल सरकारका गृहमन्त्री समेत रहेका खाणले नेपाली कांग्रेस सुदृढ र बलियो भएमात्रै जनताको हक, अधिकार स्थापीत हुने बताए । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको अभियानमा जनताको कार्यक्रमको रुपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।
‘यो महाधिवेशनले नेताहरूको चयन, पदाधिकारीहरूको छनोट मात्र हैन जनतालाई नयाँ जीवन प्रदान गर्ने, नयाँ रक्तसञ्चार, नयाँ आशा र भरोसा दिलाउन हामी सबैको सार्थक भूमिका हुनुपर्छ’, उनले भने । फरक प्रसङ्गमा उनले नेपाली काङ्ग्रेसको नेतृत्वमा ठूला ठूला आन्दोलन सम्पन्न भएको, संविधान सभबाट संविधान निर्माण भएको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थापन गर्न नेपाली कांग्रेसले अपूर्व भूमिका निर्वाह गरेको खाणले बताए । उनले दुई तिहाइको कम्युनिस्ट गठबन्धनले बनेको सरकारले स्वतन्त्र न्यायपालिकामाथि धावा बोल्ने ,संविधान च्यात्ने ,राज्य व्यवस्था कब्जा पार्न खोज्ने खालको गतिविधिले नै समीकरण बदलिएको बताउँदै त्यसै अनुरुप नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भएको बताए ।









-1788524800.jpg)

