Kathmandu Press

सुदूरपश्चिममा १३ सङ्क्रमित थपिए

सुदूरपिश्चम, मंसिर १ : सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन...
सुदूरपश्चिममा १३ सङ्क्रमित थपिए
Hardik ivf

सुदूरपिश्चम, मंसिर १ : सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ४१ जनाको नमूना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

आरटी पीसीआर १० एन्टीजेन विधिमार्फत तीन जनामा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १० र एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन्। सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि मङ्गलबार यस प्रदेशमा ११ सङ्क्रमण पुष्टि हुँदा सात जना सङ्क्रमणमुक्त भएका थिए।

प्रकाशित मिति: १८:४६ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्