२४ घण्टामा एक लाख वढीले लगाए कोरोना खोप

काठमाडौं, मंसिर १ : पछिल्लो २४ घण्टामा एक लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख एक हजार सात सय ६१ जनाले खोप लगाएका हुन् ।
यो सँगै नेपालमा अहिलेसम्म ७६ लाख ७५ हजार आठ सय ९९ जनाले पूर्ण मात्रा र ८९ लाख ६१ हजार आठ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।
त्यस्तै नेपालमा हालसम्म एक करोड ६६ लाख ३७ हजार मात्रा भन्दा धेरै खोप लगाइएको छ ।
प्रकाशित मिति: १८:१५ बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

