गण्डकी सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्ने
पोखरा, मंसिर १ : गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणाका लागि पहल गर्ने भएकाे छ।त्यसका लागि केन्द्र सरकारसमक्ष आग्रह गर्ने निर्णय गण्डकी...
पोखरा, मंसिर १ : गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणाका लागि पहल गर्ने भएकाे छ।
त्यसका लागि केन्द्र सरकारसमक्ष आग्रह गर्ने निर्णय गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेको छ।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले पोखरालाई पर्यटकीय राजधानी बनाउने आधारसहित आवश्यक सूचक बनाउन मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिए।
यसअघिका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गरेकाे थियाे।
गण्डकीलाई डिजिटल प्रदेश बनाउन डाटा सेन्टर स्थापन गर्ने अवधारणापत्र, त्रिवेणी गजेन्द्रमोक्ष धामलाई विकास समिति बनाएर व्यवस्थापन गर्ने विषय पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको उनले जानकारी दिए।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकलाई न्यूनतम ५० हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँ गरी १३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गण्डकी सरकारले गरेको छ।










-1788524800.jpg)
