Kathmandu Press

गौर कारागारका एक बन्दीले गरे आत्महत्या

रौतहट, मंसिर १ : रौतहटको गौरस्थित कारागारका एक बन्दीले आत्महत्या गरेका छन्।आत्महत्या गर्ने  बन्दी देवाही गोनाही नगरपालिका-७ का लडाइ साह तेलीले रहेको जिल्ला...
गौर कारागारका एक बन्दीले गरे आत्महत्या

रौतहट, मंसिर १ : रौतहटको गौरस्थित कारागारका एक बन्दीले आत्महत्या गरेका छन्।

आत्महत्या गर्ने बन्दी देवाही गोनाही नगरपालिका-७ का लडाइ साह तेली रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। 

उनी झुन्डिएको अवस्थामा फेला परेका थिए। उपचारका लागि बुधबार दिउँसो जिल्ला अस्पताल गौर  लगिए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको जनाइएको छ।

तेलीले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका थिए। उनीमाथि जिल्ला अदालत रौतहटबाट २१ वर्षको सजाय तोकिएका उनी २०७६ वैशाख ४ देखि कैदमा थिए।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएके छ। 

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्