काठमाडौं उपत्यकामा थप १४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १०२, भक्तपुरमा १५ र ललितपुरमा ३२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६४५ रहेको छ।
तीमध्ये काठमाडौंमा ५८७, भक्तपुरमा ४८२ र ललितपुरमा ५७६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४५ बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1788524800.jpg)
