Kathmandu Press

देशभरिमा थपिए ४१२ कोरोना संक्रमित, निकाे हुने २०२ जना

काठमाडौं, मंसिर १ : पछिल्लो २४ घन्टामा देशभरिमा ४१२ जना कोरोना संक्रमित थपिएका छन्।१०,१०६ जनामा गरिएको पिसिआर परीक्षणबाट ३६३ र १,८८७ जनामा गरिएको...
देशभरिमा थपिए ४१२ कोरोना संक्रमित, निकाे हुने २०२ जना

काठमाडौं, मंसिर १ : पछिल्लो २४ घन्टामा देशभरिमा ४१२ जना कोरोना संक्रमित थपिएका छन्।

१०,१०६ जनामा गरिएको पिसिआर परीक्षणबाट ३६३ र १,८८७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९८,९१६ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४८३ पुगेको छ।

अहिले देशभरिमा ७,६३६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ७,१६३ जना होम आइसोलेसनमा र ४७३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २२४ जनाको आईसियुमा उपचार भइरहँदा ६० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्