पर्यटन प्रवर्धनका लागि बंगलादेश पाटा च्याप्टर टोली नेपालमा
काठमाडौं, मंसिर १ : दुई देशीय (नेपाल–बंगलादेश) पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवर्धन...
काठमाडौं, मंसिर १ : दुई देशीय (नेपाल–बंगलादेश) पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवर्धन एन्ड बिटुबी एक्सचेन्ज कार्यक्रम’ आयोजना गरेको छ।
नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत गन्तव्य प्रवर्धनदेखि व्यावसायिक साझेदारि एवं प्रवर्धनका विषयमा छलफल हुनेछ। पाटा बंगलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायी मङ्गलबार नेपाल आएका हुन्।
उक्त टोलीमा बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभर्सिटिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी छन्। क्षेत्रीय पर्यटन प्रवद्र्धन अन्तर्गत हुन लागेको बिटुबी (बिजनेस टु बिजनेस) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको पाटा नेपालले जनाएको छ।
कार्र्यक्रमका अवसरमा नोभेम्बर १७ देखि १९ सम्म प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराको परिचयात्मक भ्रमण आयोजना गरिएको छ। उक्त प्रयोजनका लागि भ्रमण टोली आजै पोखरा गएको छ।
पोखरा पर्यटन परिषदसँगको सहकार्यमा पोखराको परिचयात्मक भ्रमणसँगै सरोकारवाला व्यवसायीसँग अन्तरक्रिया गरिने आयोजक पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिए। उनका अनुसार काठमाडौँमा बिटुबी कार्यक्रम आयोजना गरिनेछ, ‘डेस्टिनेसन इनसाइड’बारे प्रस्तुतीकरण हुनेछ।











