Kathmandu Press

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत 

आज प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परे।
प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत 

विराटनगर, मंसिर १ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन्।

आज प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परे।

सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईले हाल कायम रहेका प्रदेशसभा सदस्यको बहुमत भएको र विश्वासको मत पाएको भनी घोषणा गरे। 

प्रदेशसभाका कुल ९२ सांसदमध्ये मतदानमा ७९ सांसद उपस्थित भएका थिए। मुख्यमन्त्री राईलाई उनकै पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मत दिएका थिए।

कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकजनाले उनलाई विश्वासको मत दिएका छन्। प्रमुख प्रतिपक्षी एमालेले भने विपक्षमा उभिएकाे छ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ गते नयाँ सरकार गठन गरिएको थियो।

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्