एमालेले कुनै दिन संसदमा बहुमत पुर्याउँछ : हिक्मतकुमार कार्की
विराटनगर, मंसिर १ : एमालेले कुनै दिन संसदमा बहुमत पुर्याउने दाबी गरेको छ।एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद हिक्मतकुमार कार्कीले प्रदेशसभामा संघदेखि प्रदेशमा सरकार...
विराटनगर, मंसिर १ : एमालेले कुनै दिन संसदमा बहुमत पुर्याउने दाबी गरेको छ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद हिक्मतकुमार कार्कीले प्रदेशसभामा संघदेखि प्रदेशमा सरकार बनाउन चाँडै नै संख्या पुर्याउने दाबी गरेका हुन्।
आज संसद बैठकमा बोल्दै उनले प्रदेशसभामा सत्तापक्षकै हारहारीमा एमाले सांसद रहेको र समयक्रममा सरकारका लागि संख्या पुर्याउने दाबी उनले गरे।
एमाले आफ्नो दसौं राष्ट्रिय महाधिवेशनका लागि जुटिरहेका बेला विश्वासको लिन हतारिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिन आज बैठक बोलाएका थिए।
बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो।
प्रकाशित मिति: १४:२९ बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)