विश्वासको मत मग्दै मुख्यमन्त्री राईले भने : सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्न सकिन्छ
काठमाडौं, मंसिर १ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सबै दलसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको बताउँदै सबै प्रदेशसभा सदस्यहरुसँग विश्वासको...
काठमाडौं, मंसिर १ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सबै दलसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको बताउँदै सबै प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन्।
आज प्रदेशसभामा उनले आफू नेतृत्वको सरकार संविधानसम्मत ढंगले बनेको उल्लेख गर्दै प्रतिपक्षी दलले पनि समर्थन गर्नेमा आफू विश्वस्त रहेको बताए। अहिले कानुनी हिसाबले सत्तापक्ष र प्रतिपक्ष भए पनि मिलेर काम गर्न सकिनेमा उनले जोड दिए।
‘मिलेर काम नगर्दा स्वाभाविक रुपमा अप्ठ्यारो पर्छ’ उनले भने, ‘ऐनकानुन बनाउने सन्दर्भमा सहमतिका साथ अघि बढ्न यो सरकार प्रतिबद्ध छ।’ मुख्यमन्त्री राईले आफूलाई प्रमुख विपक्षी दल एमालेले आफूलाई विश्वासको मत दिनकै लागि मंगलबारको बैठक स्थगित गर्न आग्रह गरेको दाबी गरे।
मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए। तर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द गरेका कारण आफूहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न एमालेले माग गरेको थियो।
मंगलबार प्रदेशसभा बैठक बसे पनि एमाले अनुपस्थित भएका कारण स्थगित गरिएको थियो।











-1788524800.jpg)