Kathmandu Press

एकीकृत समाजवादीका अध्यक्ष नेपाल डोटीमा

एकीकृत समाजवादीका अध्यक्ष नेपाल डोटीमा

डोटी, मंसिर १ :  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोडी आउमा छन्। 

पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलाको पूजाका लागि उनीहरु डोटी आउका हुन्। उनीहरु पूजाआजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। 

उनका अनुसार मन्त्री आलेले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीसँग पनि बडिकेदारको थप प्रचारप्रसार तथा विकासका लागि छलफल गर्ने कार्यक्रम छ । बडिकेदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तिथिमा पूजाआजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुङ्गाका शिलामा पूजाआजा गर्ने गरिन्छ। 

शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ। मूर्ति रहेको स्थान भौगोलिक रुपमा विकट अर्थात भिरको बीचमा छ। अन्य देवीदेवताको मन्दिरमा भन्दा बडिकेदारमा विभिन्न जातजाती भाषाभाषीको समान आस्थाको केन्द्र बन्दै गएको छ। प्रायःजसो सन्तान प्राप्त नभएका अधिकांश महिला पुरुष पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन्। 

उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तीर्थालु भक्तजन आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिए।

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्