कञ्चनपुरमा ठूला करदातालाई सम्मान
महेन्द्रनगर, मङ्सिर १ : कञ्चनपुरमा ठूला करदातालाई सम्मान गरिएको छ। दसौं राष्ट्रिय कर दिवसको अवसरमा आज कञ्चनपुरको महेनद्रनगरस्थित मालिका फिलिङ सेन्टरका प्रोप्राइटर एवं अग्रज...
महेन्द्रनगर, मङ्सिर १ : कञ्चनपुरमा ठूला करदातालाई सम्मान गरिएको छ। दसौं राष्ट्रिय कर दिवसको अवसरमा आज कञ्चनपुरको महेनद्रनगरस्थित मालिका फिलिङ सेन्टरका प्रोप्राइटर एवं अग्रज व्यवसायी प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ।
व्यवसयी श्रेष्ठलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पुष्कर न्यौपानले दोसल्ला ओढाएर सम्मान गरेका हुन्। त्यसैगरी दिवसका अवसरमा कर्मचारीतर्फ कार्यालयका नायब सुब्बा भीम विष्टलाई सम्मान गरिएको छ।
चालू आर्थिक वर्षमा रु दुई अर्ब ७१ करोड कर सङ्कलन गर्ने लक्ष्य राखेको आन्तरिक राजस्व कार्यालयले हालसम्म रु. ६९ करोड १० लाख कर सङ्कलन गरेको जनाएको छ।
‘कोरोना कहरका कारण कर सङ्कलनमा गिरावट आएको छ,’ उनले भने, ‘कर संकलनको दायरा पनि कोरोनाको अवस्था सामान्य बन्दै गएसँगै बढिरेहको छ।











