Kathmandu Press

दिल्लीको तापक्रम घट्दै, प्रदूषण नाजुक बन्दै

नयाँ दिल्ली, मंसिर १ : भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ। तापक्रम घट्दै गएपछि मंगलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका...
दिल्लीको तापक्रम घट्दै, प्रदूषण नाजुक बन्दै

नयाँ दिल्ली, मंसिर १ : भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ। तापक्रम घट्दै गएपछि मंगलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् ।  

भारतको मौसम विज्ञान विभागले मंगलबारको अधिकतम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ। भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढिरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढिरहेको छ।

Hardik ivf

वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन्। 

तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो। प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् । 

त्यसैगरी चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्