Kathmandu Press

न्यायालयमा देखिएको विवाद चाँडै समाधान हुनेमा विश्वस्त छु : प्रचण्ड

न्यायालयमा देखिएको विवाद चाँडै समाधान हुनेमा विश्वस्त छु : प्रचण्ड

जनकपुरधाम, मंसिर १ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यायालयमा देखिएको विवाद चाँडै समाधान हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

आज जनकपुर विमानस्थलमा सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले न्यायालयको विवादप्रति आफूहरूको ध्यानाकर्षण भएको बताए।

न्यायालयमा देखिएको समस्याको छिटोभन्दा छिटो समाधान हुनुपर्ने अपेक्षा राखिएको उल्लेख गर्दै उनले त्यसका लागि सबै पक्षले आआफ्नो ठाउँबाट पहल तथा सहयोग गर्नुपर्नेमा जोड दिए।

‘उनी महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन जनकपुर आएका हुन्। उक्त कार्यक्रमका लागि यसअघि नै आउन लागेको भए पनि उनी बिरामी भएपछि कार्यक्रम नै स्थगित गरिएको थियो  
 

प्रकाशित मिति: १३:०० बजे, बुधबार, मंसिर १, २०७८