Kathmandu Press

सुनको मूल्य तोलाकाे ५०० रूपैयाँले घट्यो

काठमाडौं, मंसिर १ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु। ५०० ले ओरालो लागेर रु। ९४ हजार ३०० तोकिएकोे छ।...
सुनको मूल्य तोलाकाे ५०० रूपैयाँले घट्यो

काठमाडौं, मंसिर १ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५०० ले ओरालो लागेर रु. ९४ हजार ३०० तोकिएकोे छ। पहेंलो धातु मंगलबार प्रतितोला रु। ९४ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला रु. ९४ हजार ३०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु। १० ले घटेर रु. एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ। चाँदी आइतबार प्रतितोला रु. एक हजार २९० मा कारोबार भएको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८ सय ५४ डलर आसपासमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:१६ बजे, बुधबार, मंसिर १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्