प्रधानन्यायाधीश जबराले तोके आफूबाहेकका नौ इजलासमा १८६ मुद्दाको पेशी
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबारका लागि सर्वोच्च अदालतका नौ इजलासमा १८६ मुद्दाको पेशी तोकेका छन् ।
काठमाडौं, मंसिर १ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबारका लागि सर्वोच्च अदालतका नौ इजलासमा १८६ मुद्दाको पेशी तोकेका छन् ।
तीमध्ये दुई एकल र अन्य संयुक्त इजलास छन् । न्यायाधीशहरू दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा ३६, मीरा खड्का र प्रकाशमान सिंह राउतको इजलासमा २२, हरिकृष्ण कार्कीको इजलासमा चार मुद्दाको पेशी तोकिएको छ ।
यस्तै, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासमा ३३, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा ३८, टंकबहादुर मोक्तान र नहकुल सुवेदीको इजलासमा १६, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा १६, हरिप्रसाद फुयालको इजलासमा पाँच तथा तेजबहादुर केसी र डा. कुमार चुडालको इजलासमा १६ मुद्दाको पेशी तोकिएको छ ।
बुधबारका लागि प्रधानन्यायाधीश जबराले आफ्नो इजलास तोकेका छैनन् ।
प्रकाशित मिति: ११:०० बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)