Kathmandu Press

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

काठमाडौं, मंसिर १ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।मंगलबार नै विश्वासको मत लिने तयारी...
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

काठमाडौं, मंसिर १ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

मंगलबार नै विश्वासको मत लिने तयारी गरिएको थियो। तर प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको थियो।

आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ। आजको बैठकमा विश्वासको मत लिने तयारी गरिएको छ।

पाँच दलीय गठबन्धनको समर्थनमा उनी कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।

पाँच दलीय गठबन्धनमा ५० सांसद छन्। त्यसैले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्न सहज हुने देखिएको छ।

९२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४६ सांसद आवश्यक पर्छ।

प्रकाशित मिति: ०८:०९ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्