कर्णालीका नवनियुक्त मन्त्री शाहीले लिए शपथ
सुर्खेत, मंसिर १ : कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्।कर्णाली प्रदेशका प्रमुख तिलक...
सुर्खेत, मंसिर १ : कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नियुक्त गरेका हुन्।
मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शाहीलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् दुई सदस्यीय बनेको छ।
मन्त्री शाहीले पदबहाली गरेका छन्। उनी नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता हुन्।
सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले शाहीलाई मन्त्रीमा सिफारिश गरेको थियो।
प्रकाशित मिति: ०७:०६ बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1788524800.jpg)