Kathmandu Press

बाइडेन र सी बीच भर्चुअल बैठकमा तनाव कम गर्ने प्रयास

वाशिंगटन, कात्तिक ३० : अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चिनफिङको तीन घण्टा लामो भर्चुअल वार्तामा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा सहमत भएका...
बाइडेन र सी बीच भर्चुअल बैठकमा तनाव कम गर्ने प्रयास

वाशिंगटन, कात्तिक ३० : अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चिनफिङको तीन घण्टा लामो भर्चुअल वार्तामा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा सहमत भएका छन्। महाशक्ति राष्ट्रका सर्वोच्च नेताद्वयले अनावश्यक प्रतिस्पर्धा भन्दा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा छलफल केन्द्रित गरेका छन्।  

घरेलु दबाबलाई मध्यनजर गर्दै विश्व राजनीतिक मञ्चमा आफूहरूबीचको बढ्दो तनाव र दबाबलाई घटाउन र हार्दिक सम्बन्ध स्थापित गर्न प्रयत्नशील रहेको सन्देश दिन नेताद्वय संयमित देखिएका छन्।

‘मैले पहिले भनेझैँ, यो चीन र संयुक्त राज्य अमेरिकाका नेताहरूको रूपमा हाम्रो जिम्मेवारी हो। हाम्रा देशबीचको प्रतिस्पर्धा द्वन्द्वमा नपुगोस् भन्ने सुनिश्चित गर्नु हो, चाहे उद्देश्य होस् वा नहोस्,’ बाइडेनले सीलाई भनेका छन्। 

बाइडेनले सोमबार उनीहरूको भर्चुअल बैठकको सुरुमा सीलाई ‘केवल सरल, सीधा प्रतिस्पर्धा’ मात्र उपयुक्त हुने बताएका छन्।

ह्वाइट हाउसले यो बैठकबाट धेरै अपेक्षा गरेको छैन केबल सम्बन्धलाई प्रगाढ बनाउन सामान्य कूटनीतिक र औपचारिक संयुक्त वक्तव्य जारी हुनसक्ने आँकलन गरेको थियो। यद्यपि दुवै नेताहरूले एक अर्कालाई पुराना मित्रका रूपमा लिँदै व्यक्तिगतस्तरबाटै द्वीपक्षीय सम्बन्ध थप हार्दिक बनाउन सकिने खालको आशय वार्तामा अभिव्यक्त गरेका छन्। यसको मूर्त रूप देख्न भने केही समय पर्खिन पर्ने सार्वजनिक टिप्पणी भइरहेका छन्। 

प्रकाशित मिति: २०:१६ बजे, मंगलबार, कात्तिक ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्