Kathmandu Press

बसको ठक्करबाट पठाओमा सवार दुईको मृत्यु

बसको ठक्करबाट पठाओमा सवार दुईको मृत्यु

काठमाडौं, कात्तिक ३० : काठमाडौंको कलंकीमा मंगलबार साँझ बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक धादिङको खरी गाउँपालिका २ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाह रहेका छन् ।

कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिदाँ उनीहरुको ज्यान गएको हो । बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको हो ।

बससहित चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०:११ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्