Kathmandu Press

राजस्व छलीको आरोपमा १२ जनाविरुद्ध मुद्दा 

काठमाडौं, कात्तिक ३० : नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध राजस्व...
राजस्व छलीको आरोपमा १२ जनाविरुद्ध मुद्दा 

काठमाडौं, कात्तिक ३० : नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।

विभागले आज जारी गरेको सूचनामा उक्त राजस्व चुहावट बराबरको बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी लिइ मुद्दा दर्ता गरिएको उल्लेख गरेको छ ।

विभागका अनुसार यसरी राजस्व चुहावटको अभियोग लागेकामा रुपन्देहीको क्रिस्टल बोटलर्स प्रालिका सञ्चालक फूलसिंह क्षेत्री, माउन्ट एभरेस्ट डिस्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र सोही जिल्लाका मोहमद साहिद अन्सारी समेत १२ जना रहेका छन्।

अनुसन्धानका क्रममा उनीहरुबाट सक्कली अन्तःशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तःशुल्क टिकट फेला परेको छ। यसका साथै भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा बढी परिमाणमा मालवस्तु भेटिनुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसुर गरेको देखिएको विभागले जनाएको छ। 

उनीहरुमाथि राजस्व चुहावट, (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को खण्ड ‘झ’ बमोजिम कसुर गरेको आरोप छ । 

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्