Kathmandu Press

बनाउँदै गरेको घरबाट लडेर मृत्यु

बनाउँदै गरेको घरबाट लडेर मृत्यु

मोरङ, कात्तिक ३०  : लेटाङ नगरपालिका ८ जाँतेस्थित खगेन्द्र प्रसाद खतिवडाको बनाउँदै गरेको घरबाट लडेर एक कामदारको मृत्यु भएको छ। 

भारत बिहार घर भएका मिस्त्री ४५ वर्षीय एमडि मुस्ताफको मंगलबार बिहान मृत्यु भएको हो। 

बिहान उठी बाथरुम जाने क्रममा घरको १ तला माथिबाट लडेर गम्भीर घाइते भएका उनको बिराटनगर नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्