न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छता काम राख्न छिट्टै निकास आउने आशा : सत्ता गठबन्धन
सत्तारुढ पाँच दलीय गठबन्धनले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छता काम राख्न छिट्टै निकास आउने आशा व्यक्त गरेको छ।
काठमाडौं, कात्तिक ३० : सत्तारुढ पाँच दलीय गठबन्धनले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छता काम राख्न छिट्टै निकास आउने आशा व्यक्त गरेको छ ।
मंगलबार सम्पन्न गठबन्धनको बैठकले उक्त यस्तो निर्णय गरेको हो ।
‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ गठबन्धनको निर्णयमा उल्लेख छ, ‘राज्यको महत्त्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिाम, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ । र, सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्छाैँ ।’
गठबन्धन बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्बद्र्धनमा जोड दिने निर्णय पनि गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पाँच दलीय गठबन्धनका संयोजक रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, जसपा नेता अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमोर्चा उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल र जसपा नेता वेदुराम भुसाल उपस्थित थिए ।












-1788524800.jpg)