Kathmandu Press

विभिन्न स्थानमा गरी तीन जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा गरी तीन जना मृत अवस्थामा फेला

काठमाडौं, कात्तिक ३० : काठमाडौंको कीर्तिपुर नगरपालिका ४ पुष्पलाल पार्कस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रे, पनौती नगरपालिका १० बस्ने २५ वर्षीय गणेश बहादुर कार्की सोही ठाउँ पावरहाउसस्थित सडक नजिक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

विगत ३ दिनदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यसैगरी काभ्रे, बनेपा नगरपालिका-९ सागर ग्याँसस्थित सडकको नालामा सोही नगरपालिकास्थित च्याउ कृषि फर्ममा काम गरी बस्ने मोरङ बेलबारी घर भएकी ४० वर्षीया शान्ता बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्