Kathmandu Press

उपत्यकामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रिय संक्रमितको संख्या १,५६५ पुग्यो

काठमाडौं, कात्तिक ३० : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा १०१, भक्तपुरमा ११ र ललितपुरमा ३३ जनामा...
उपत्यकामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रिय संक्रमितको संख्या १,५६५ पुग्यो

काठमाडौं, कात्तिक ३० : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १०१, भक्तपुरमा ११ र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार १४९ वटा नमुनाको परीक्षण गर्दा ३७७ जना संक्रमित थपिएका हुन्।

अहिले देशभर ६ हजार ९८४ जना होम आइसोलेसनमा, ४९२ जना संस्थागत आइसोलेसनमा, २१९ जना आईसीयू तथा ५९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले  जनाएको छ ।


 

प्रकाशित मिति: १६:४१ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्