थपिए ३७७ कोरोना संक्रमित, ४ जनाको मृत्यु
काठमाडौं, कात्तिक ३० : पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार १४९ वटा नमुनाको परीक्षण गर्दा ३७७ जना...
काठमाडौं, कात्तिक ३० : पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार १४९ वटा नमुनाको परीक्षण गर्दा ३७७ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ।
त्यस्तै आज १७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











