एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन प्रदेश-२ का मन्त्री राय हटाइए
नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई पदबाट हटाएका छन् ।
काठमाडौं, कात्तिक ३० : नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई पदबाट हटाएका छन् ।
एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउने प्रयोजनका लागि राजीनामा दिन मुख्यमन्त्री राउतले गरेको आग्रह अस्वीकार गरेपछि मन्त्री रायलाई पदबाट बर्खास्त गरिएको प्रदेश सरकार स्रोतले जानकारी दिएको छ ।
उनलाई हटाइएको मुख्यमन्त्री कार्यालयको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छ । मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयासमा छन् ।
प्रकाशित मिति: १५:२८ बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











