Kathmandu Press

प्रदेश १ को प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडाैं, कात्तिक ३० : प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ। प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित...
प्रदेश १ को प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडाैं, कात्तिक ३० : प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ। प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । 

प्रदेश सभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। आज मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने तयारी थियो। यससँगै मुख्यमन्त्री राईले बुधबार नै विश्वासको मत लिने तयारी गरेका छन्।

एमालेले आज बन्द रहेकोले आफ्ना सांसदहरू उपस्थित हुन नसक्ने जानकारी गराएको थियो। सभामुखले बुधबार बिहान ११ः३० बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन्।

प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्