Kathmandu Press

बुर्किनाफासोमा भएको आतंककारी हमलामा २८ सैनिसहित ३२ जनाको मृत्यु

काठमाडौं, कात्तिक ३० : बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ। यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको...
बुर्किनाफासोमा भएको आतंककारी हमलामा २८ सैनिसहित ३२ जनाको मृत्यु

काठमाडौं, कात्तिक ३० : बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ। यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। 

आइतबार र सोमबार भएका ती हमलामा परेर २८ जना सैनिक र अरु चार जना सर्वसाधारण नागरिकको ज्यान गएको हो । बुर्किनाफासोको सोउम प्रान्तको इनातामा आतंककारीले सैनिकमाथि हमला गरेका थिए।

आइतबारको सो हमलामा २० जनाको ज्यान गएको थियो भने सोमबार थप १२ जना मारिएका बुर्किनाफासो सरकारका प्रवक्ता ओसेनी ताम्बुराले जनाएका छन्। उनका अनुसार सो क्षेत्रमा आतंककारीहरुले पछिल्लो समयमा बारम्बार हमला गर्ने गरेका छन्।
 

प्रकाशित मिति: १४:५९ बजे, मंगलबार, कात्तिक ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्