अख्तियारमा सबैभन्दा बढी उजुरी स्थानीय तहका (प्रतिवेदनसहित)
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार आयोगले बुझाएको आर्थिक वर्ष ०७७-७८ को प्रतिवेदनअनुसार अख्तियारमा परेका कुल उजुरीमध्ये स्थानीय तहका ३२.७२ प्रतिशत छन्
काठमाडौं, कात्तिक ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहको देखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार आयोगले बुझाएको आर्थिक वर्ष ०७७–७८ को प्रतिवेदनअनुसार अख्तियारमा परेका कुल उजुरीमध्ये स्थानीय तहका ३२.७२ प्रतिशत छन् ।
त्यसबाहेक शिक्षा क्षेत्र (स्थानीय तहसमेत) १५.६१, भूमि प्रशासनसँग सम्बन्धित ९.०९, वन तथा वातावरण क्षेत्रका ५.०१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ३.९३, भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित ३.७६, गृह प्रशासनसँग सम्बन्धित ३.४७, ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रअन्तर्गत ३.०९, र अर्थ मन्त्रालयसँग सम्बन्धित २.०९ प्रतिशत उजुरी छन् ।
यस्तै, नक्कली शैक्षिक प्रमाणपत्रतर्फ ५.६१, गैरकानुनी सम्पत्ति आर्जनतर्फ ३.३८ र र अन्य निकाय–क्षेत्रअन्तर्गत १२.२५ प्रतिशत उजुरी छन् ।
उक्त वर्ष अख्तियारमा १४ हजार ४२५ उजुरी परेका थिए । अघिल्लो आव ०७६–७७ बाट जिम्मेवारी सरेर आएकासमेत गरी कुल २२ हजार ६२५ उजुरी थिए । तीमध्ये १४ हजार ५३२ अर्थात् ६४.२३ प्रतिशत उजुरी प्रारम्भिक छानविनबाट फर्छ्योट भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तो छ प्रतिवेदनको हाइलाइट











