Kathmandu Press

सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले वृद्धि

सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले वृद्धि

काठमाडौं, कात्तिक ३० : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएर ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। 

सोमबार सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा १० ले वृद्धी भएर रू एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ। चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ। 
 

प्रकाशित मिति: ११:३० बजे, मंगलबार, कात्तिक ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्