प्रधानन्यायाधीशले तोके १० इजलासमा २७९ मुद्दाको पेशी
काठमाडौं, कात्तिक ३० : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मंगलबारका लागि पेसी तोकेका छन्।सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी...
काठमाडौं, कात्तिक ३० : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मंगलबारका लागि पेसी तोकेका छन्।
सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन्।
प्रधानन्यायाधीश राणाले दुई एकल र आठ संयुक्त इजलास तोकेका छन्। उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन् ।
उनले आज आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ।
आफ्नो राजीनामा माग गर्दै न्यायाधीश र बार एसोसिएसन आन्दोलनमा उत्रिरहँदा प्रधानन्यायाधीश राणाले संवादका लागि अपिल गरेका छन्। उनको अपिल बारले अस्वीकार गरेको छ ।
प्रकाशित मिति: ११:१८ बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)


