आज पनि सर्वोच्चमा बारको धर्ना जारी
२३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन्।
काठमाडौं, कात्तिक ३० : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन आज पनि धर्नामा उत्रिएको छ।
२३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन्। आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो।
प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए। तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ। सर्वोच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन्।








प्रकाशित मिति: १०:४७ बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)


