Kathmandu Press

नेपाल बन्द गराउने विप्लवका ११ कार्यकर्ता पक्राउ

नेपाल बन्द गराउने विप्लवका ११ कार्यकर्ता पक्राउ

दमौली, कात्तिक ३० : पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन्।

आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिए।

पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरेका छन्। नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।

प्रकाशित मिति: ०८:२० बजे, मंगलबार, कात्तिक ३०, २०७८