मुगुमा भीषण आगलागी, १७ घर जलेर नष्ट
मुगुको सदरमुकाम गमगढीको तल्लो बजारमा गएराति भीषण आगलागी भएको छ।.jpg)
मुगु, कात्तिक ३० : मुगुको सदरमुकाम गमगढीको तल्लो बजारमा गएराति भीषण आगलागी भएको छ।
आगलागीमा १७ घर र तीन घुम्ती पसल जलेर खरानी भएका छन्। आगलागी हुँदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गएराति साढे १२ बजे आगलागी सुरु भएको थियो। बिहान साढे ४ बजे मात्रै आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय बासिन्दा र सुरक्षाकर्मी समयमै परिचालन हुँदा मानवीय क्षति हुनबाट जोगिएको छ। स्थानीय ठिन्ले लामाको घरमा जलाएको दीयोबाट आगलागी सुरु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।
प्रकाशित मिति: ०८:१२ बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)


