वायुसेवा निगमका महाप्रबन्धक मन्त्रालय तानिए
काठमाडौं, कात्तिक ३० : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्धक डिमप्रसाद पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानिएका छन्।पर्यटनमन्त्री स्तरको निर्णयबाट...
काठमाडौं, कात्तिक ३० : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्धक डिमप्रसाद पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानिएका छन्।
पर्यटनमन्त्री स्तरको निर्णयबाट महाप्रबन्धक पौडेललाई मन्त्रालय तानिएको हो। उनलाई विज्ञका रुपमा मन्त्रालयमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
उनले मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने बताए। पौडेलले भने, 'म आज मन्त्रालयमा हाजिर भएको छु, विज्ञका रुपमा भनेर ल्याइएको छ, के जिम्मेवारी हुन्छ हेरौँ।'
सरकारले यही कात्तिक ८ मा निगमको कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेको थियो। अधिकारीको नियुक्तिपछि पौडेल अधिकारविहीन बनेका थिए।
उनले निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेपछि निगमभित्रका कर्मचारीले आन्दोलनमा उत्रिएका थिए। कर्मचारीले १०४ दिनसम्म आन्दोलन गरी उनलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन्। (रासस)








![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)


