Kathmandu Press

महाधिवेशनका लागि कांग्रेसले बनायो ९ समिति

काठमाडौं, कात्तिक ३० : नेपाली कांग्रेसले १४औं महाधिवेशनका तयारीका लागि विभिन्न नौ वटा समिति बनाएको छ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक विभिन्न समिति बनाएको हो।...
महाधिवेशनका लागि कांग्रेसले बनायो ९ समिति

काठमाडौं, कात्तिक ३० : नेपाली कांग्रेसले १४औं महाधिवेशनको तयारीका लागि विभिन्न नौ वटा समिति बनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक विभिन्न समिति बनाएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन तयारी मूल समिति बनाएको छ। जसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमन्त्रीत केन्द्रीय सदस्य, संघीय संसदका सदस्य, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेतालाई सदस्य राखिएको छ।

त्यस्तै, ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा अर्थ संकलन समिति बनाएको छ। यसमा आवश्यकता अनुसार सदस्य तोकिने जनाएको छ।

भोजन तथा आवास व्यवस्थापन समितिको संयोजकमा सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिको संयोजकमा डा. प्रकाशशरण महत, प्रचार प्रसार समितिको संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन्।

त्यस्तै, उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समितिको संयोजकमा काठमाण्डौ जिल्ला सभापति तथा सदस्यमा ललितपुर र भक्तपुर जिल्ला सभापति रहेका छन्।

स्वास्थ्य समिति संयोजक मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा सीता गुरुङ्ग र स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की राना रहेका छन्।

प्रकाशित मिति: ०६:५६ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्