नेपाल बन्द रहर हैन्, बाध्यता हो : विप्लव नेकपा
काठमाडौं, कात्तिक २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबारको नेपाल बन्द आफ्नो रहर नभएर बाध्यता भएको जनाएको छ....jpg)
काठमाडौं, कात्तिक २९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबारको नेपाल बन्द आफ्नो रहर नभएर बाध्यता भएको जनाएको छ ।
नेपाल बन्दबारेमा जानकारी दिदैं एक वक्तब्य जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्द गरिनु आफ्नो रहर नभएर बाध्यता भएको जनाएको हो ।
उसले सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित यही कात्तिक ३० गते नेपाल बन्द आह्वान गरिएको स्मरण समेत गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, “यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको आन्दोलन हाम्रो मात्र नभई आमजनसमुदायको साझा सरोकारको विषय हो । नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो ।”
प्रकाशित मिति: २०:१८ बजे, सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)


